Monday, May 29, 2017

गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

नेपालगञ्ज, १६ जेठ । स्वतन्त्र उम्मेदवारी दिएर मुगु जिल्लाको छार्का ताङसोङ गाउँपालिका अध्यक्ष निर्वाचित सेनाङ गुरुङ र शे–फोक्सुन्डोका उपाध्यक्ष धावासम्दुक गुरुङ एमाले प्रवेश गरेका छन् ।

सेनाङले एमालेकी आधिकारिक उम्मेदवार त्होता गुरुङलाई पराजित गरेका थिए । धावासन्दुक यसअघि पार्टीको जिल्ला कमिटी सदस्य थिए । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

दुवैले पार्टीमा आउने जनाएपछि फेरि प्रवेश गराइएको एमाले जिल्ला कमिटी सचिव नन्दसिंह बुढाले बताए ।

उनीहरू पार्टीले उम्मेदवारी चयनमा मनपरी गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

इन्दिरालाई फ्यानले भने : तपाईको फोटोमा पोटेन्सिएल त छ तर… ?

यदि तपाई नेपाल आईडल हेर्ने गर्नुभएको छ भने यो कस्ले भन्ने गरेका छन् भन्ने त थाहा पाईसक्नु भयो होला । यो भनाई हो नेपाल आईडलकि जर्ज इन्दिरा जोशीको । अहिले सबैतिर इन्रिाको यहि भनाई हिट छ । यो उनले नेपाल आईडलमा आएका प्रतिस्पर्धिलाई दिएको प्रतिकृया हो ।

यतिबेला नेपालमा चर्चा छ त केवल नेपाल आईडलको छ । चर्चा त छ तर धेरै चर्चा चाँही बिवादको छ । कारण हो जर्जहरुको प्रतिकृया राम्रो भएन् । धेरैले जर्जलाई नराम्रो भनिरहेका छन् । तर केही संगितकर्मिले भने नेपाल आईडलले राम्रो गरिरहेको र नराम्रो नभएको प्रतिकृया दिएका छन् भने केही संगीतकार र गायक गायिकाले नै यसको बिरोध समेत गरेका छन् । अधिंकाश संगितकर्मिले नेपाल आईडलको खुलेरै बिरोध नगरेपनि असन्तृष्टि भने पक्कै पोखेका छन् ।

यसैबिच नेपाल आईडलकै एक जर्ज गायिका इन्दिरा जोशिले आज फेसबुकमा एउटा फोटो पोष्ट गरिन् । उनको फोटोमा रमाईला कमेन्ट आएका छन् भने केहीले नराम्रा शब्द समेत लेखेका छन् । उनको फोटोलाई धेरैले नेपाल आईडलसंग जोडेर कमेन्ट दिएका छन् ।
यतिबेला उनको उक्त फोटो सामाजिक सञ्जालमा ट्रोल बनाएर भाईरल गरिएको छ । जसमा इन्दिरा एउटा फोटोमा जस्मा जगा्रएर अलिक टाढा उभिएकि छिन् भने अर्कोमा नजिकबाट सेल्फि खिचिएको छ । जुन दुई फोटोलाई क्रम्पेयर गदैं अधिकांशले “पहिलो फोटो चाही ठिकै हो तर दोश्रो फोटोमा सेल्फि लिएको अलिक भएन्, सेल्फि लिन सिकेर फेरी फोटो खिच अनि आउ, नत्र हामी लान सक्दैनौं” सम्मका कमेन्ट आएका छन् । हेरौं उनको तस्विरमा आएका कमेन्टहरु कस्ता कस्ता छन् । हामीले केही कमेन्टलाई स्क्रिन सट गरेका छौं ।

साभार :- khabartime.com

तलब नबढाएको भन्दै एमाले कर्मचारी आगो !

काठमाण्डु, १६ जेठ– नयाँ बजेटमा कर्मचारीको तलबभत्ता केही वृद्धि हुने आशा बोकेर बसेका कर्मचारी बजेट भाषणपछि हिस्स परेका छन् ।

संघीयता कार्यान्वयनमा कर्मचारी व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण भइरहेको अवस्थामा स्थानीय निकायमा जान प्रोत्साहित गर्नकै लागि भए पनि सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन गर्ने आशा कर्मचारीले गरेका थिए । तर, सरकारले घुमाउरो पारामा तलबभत्ता पुनरावलोकन आयोग गठन गरेर उसको सिफारिसका आधारमा तलब वृद्धि गर्ने आश्वासन दिएकोप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

बजेटमा सरकारले राष्ट्रसेवकको तलबभत्ता र सुविधामा पुनरावलोकन गरी उपयुक्त सुझाव सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा सुझाव आयोग गठन गर्ने भनेको छ । ‘यो हामीलाई झुक्याउने पारा मात्र हो’, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले भने, ‘यसअघि पनि यस्ता समिति बनेका थिए तर कुनै समितिको सिफारिस पनि सरकारले कार्यान्वयन गरेन ।

अब बन्ने समितिको सिफारिस कार्यान्वयन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ?’ उनले सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो कर्मचारी समायोजन भएको बताउँदै यस्तो अवस्थामा कर्मचारीमा उत्प्रेरणा जगाउने गरी तलबभत्तामा विचार नगरेर सरकारले विवेक नपु-याएको आरोप लगाए । ‘यसले सङ्घीयताको सकारात्मक समृद्धिमा असर पर्ने सम्भावना रहन्छ’, उनले थपे ।

निजामती सेवामा रहेका अन्य कर्मचारी सङ्गठनहरूले पनि कर्मचारीप्रति बजेट उदासीन देखिएको गुनासो गरेका छन् । ‘बजेटले कर्मचारीलाई प्रोत्साहित गर्न सकेन’, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) का केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले भने ।
गोरखापत्रबाट

यी हुन् केही दिनमै अनुहार गोरो र चम्किलो बनाउने घरेलु उपाय

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर ,,गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन :

१.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

२.नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।
३.एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

४.टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

५.काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६.चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

७.कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

८.एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

९.दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

१०.एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११.छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।

१२.छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३.चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

१५.शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।
-एजेन्सी

क–कस्ले रित्याए राज्यको ढुकुटी, एक एक को नामावली सहित

काठमाडौं । माओवादी सरकारले पहिलो चरणको स्थानीय निकाय चुनावलाई प्रभावमा पान सरकारी ढुकुटीबाट एकैदिन ७ करोड ६१ लाख रुपैयाँ कार्यकर्तालाई बाँढेको छ ।

 निर्वाचन आचारसंहिता लागू भएकै दिन २०७४ फागुन क१७ गते सरकारले ४ सय ५२ जनालालाई राज्यको ढुकुटीबाट रकम वितरण गर्ने निर्णय गरेको थियो ।

 नेपाली कांग्रेस र माओवादीका कार्यकर्तालाई राष्ट्रिय ढुकुटीबाट रकम वितरण गरिएको थियो । यसरी राज्यको ढुकुटीबाट आर्थिक लाभ लिनेमा अधिकांश कांग्रेस र माओवादीका कार्यर्ताहरु छन् । त्यस्तै केही राप्रपाका कार्यकर्ताले पनि रकम पाएका छन् ।

 स्थानीय निर्वाचन जित्नका लागि कांग्रेस–माओवादीले राष्ट्रको ढुकुटी दुरुपयोग गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो कुरा जनतासामु लैजान सकेको छैन ।

 माओवादी कांग्रसले गाउँपालिका वा नगरपालिका प्रमुख उपप्रमुखमा उम्मेद्वारी दिनेलाई चुनाव खर्चकै रुपमा आर्थिक साहयता बाँढेको समेत फेला परेको छ । राममेछापको लिखु गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वारी दिएका धु्रवकुमार कार्कीलाई २ लाख दिइएको छ । आर्थिक सहयोग लिनेमा महिला तथा बालबालिका मन्त्री कुमार खडेका पनि छन् । उनले ५ लाख आर्थिक सहयोग लिएका छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

ससुरा-बुहारीले यौनसम्बन्ध बनाई राख्दा सासु र छोराले रंगेहात समातेपछि…

काठमाडौं । कतिपय परिवारमा विवाद झैझगडा सासु वुहारीका कारणले हुने गर्दछ । सासु बहाुरीकै झगडाले ठुलो अपराध समेत निम्त्याउने गरेको छ । हाम्रो समाजमा बुहारीले ससुरातिर हेर्न सम्म हुँदैन भन्ने चलन छ ।

तर, यहाँ ससुरा र बुहारीको यौन सम्बन्धले परिवारै तहस नहस भएको छ । ५ वर्षअगाडी रामसँग विहे गरेकी ३० वर्षीय महिलाले विगत ३ वर्षदेखि आफ्ना ससुरासँग शारीरिक सम्बन्ध राख्दै आएको प्रहरीले खुलस्त पारेको छ ।

यो घटना भारतको मिर्जापुरको हो । लोग्ने खुद्रा व्यापारी हुन् । लोग्ने दिनभरी पसलमा भएकाले बेला ति महिलाले आफ्ना ससुरासँग सम्बन्ध राख्ने गरेकी थिईन् ।प्रायजसो ससुरा घरमै रहने भएकाले बुहारीको ससुरासँग हिमचिम बढेको थियो । र त्यो हिमचिमले शारीरिक सम्पर्क गर्न समेत बाध्य बनायो ।

लोग्ने र सासु प्राय पसलमा बस्ने मौकामा बुहारी-ससुराले घरमा रासलिला गर्थे । ३ वर्षदेखि चलिरहेको यो सम्बन्धको गत शनिवार पर्दाफास भएको छ ।

एकदिन लोग्ने र सासु दिउँसै पसलबाट घर आएपछि बुहारी र ससुरालाई आपत्तीजनक अवस्था फेला पारेका थिए । घटना थाहा पाएपछि घरमा विवाद बढ्यो ।

विवादको कारण महिलाले आफूलाई समाल्न नसकी विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छिन् ।उनले आफूसँगै आफ्ना छोराछोरीलाई दुधमा विषादी मिसाएर हत्या गरेकी छिन् । पाँच वर्षीया छोरी र डेढ वर्षको छोराको ज्यान लिएर आफूले पनि विषादी सेवन गरेकी थिईन् ।

विषादी खाएर छट्पटाउन थालेपछि बच्चा सहित ति महिलालाई अस्पताल लगिएको थियो । अस्पतालमा बच्चाहरुलाई मृत घोषित गरिएको छ । महिलाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उनका ससुरालाई प्रहरीले हिरासतमा लिएपछि बुहारी-ससुराको सम्बन्ध वाहिर आएको छ । ति महिलाका ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । एजेन्सी

घर चलाउने खर्चका लागि खाडीमा बसेका दिदीबहिनीले यौवन मारेर बसेको तथ्याङ्क कसले राखेको छ ?

सिर्जना बस्नेत/रामेछाप ।
स्नेहा (नाम परिवर्तन) जापनामा पढेर फर्किएकी हुन् । यही वैशाखमा उनको विहे हुने पक्का भएको छ । हुनेवाला श्रीमान् बैंकका जागिरे हुन । घर तिरका आफन्त खुसी छन् । देश विदेश घुमेकी केटी बुहारी भएर आउदै छिन भनेर । दुवै पट्टि घरमा विहेको चहलपहल बढ्दै छ ।

रमेश (नाम परिवर्तन) युएईमा दुई वर्ष काम गरेर नेपाल आएका छन् । उनको पनि वैशाखमा नै विहेको टुंगो लागेको छ । उनी छुट्टिमा आएका हुन् । विहे लगत्तै फेरि उनी विदेश नै जादै छन् ।

रमेशसँग विवाह हुन लागेको केटीले १२ कक्षाको परीक्षा दिएर बसेकी हुन । रमेशले भने टेस्ट मात्र पास गरेका हुन् । केटीका बाआमा विदेशमा गएर पैसा कमाएको ज्वाईं पाएकामा खुसी छन् । यता रमेशको घरमा पनि पढेलेखेकी बुहारी आउने पक्का भएपछि सबैजना मख्ख छन् ।

सरिता (नाम परिवर्तन) कुवेतमा तीन वर्ष काम गरेर फर्केकी हुन । विहे गर्ने योजना विदेशमा नै बनाएर उनी नेपाल आएकी हुन् । ८ कक्षा पास गरेकी सरिताको रुपरंग पनि राम्रै छ । उनलाई विवाहका लागि हात माग्न पनि धेरै आए । तर कुरो मिलेन । सबै कुरा राम्रो लागे पनि उनी विदेशबाट फर्केको भनेपछि सबै त्यसै फर्किएका हुन् ।

यी तीन वटा घटना वास्तविक हुन् । हाम्रो समाजमा अझै पनि खाडीबाट फर्केका महिलाको विहेको सवालमा ठूलै बहस चल्छ । खाडीमै परिश्रम गरेर फर्केका पुरुषलाई श्रीमान् वा ज्वाईं बनाउन पाउँदा सौभाग्य ठानिन्छ ।

त्यही समाजका महिला खाडीमा काम गरेर फर्किंदा चरित्रसँग जोडेर हेर्ने गरिन्छ । पढाइ होस् अथवा रोजगारीकै सिलसिलामा युरोप, अमेरिकाका देशहरुका साथै जापान र अष्ट्रेलियाबाट फर्केकालाई भने त्यसरी हेर्ने गरेको पाइन्न ।

वैदेशिक रोजागारीका लागि खाडीका देशहरुमा परिश्रम गर्न जानु पर्ने धेरै महिलाका बाध्यता हो । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७२∕७३ को तथ्याङ्क अनुसार चार लाख १८ हजार सात सय १३ जा वैधानिक रुपमा विदेश गएका थिए । तीमध्ये १९ हजार भन्दा धेरै महिला रोजगारीका लागि विदेश पुगेका थिए ।

बाध्यतामा विदेशिएका महिलाको उमेर ढल्किदा पनि किन विहे हुँदैन

अर्कातिर अवैधानिक रुपमा रुपमा भारतको बाटो हुँदै र सेटिङ मार्फत अर्थात भिजिट भिसामा जाने महिला कामदारको संख्या पनि कम छैन् । नेपालबाट धनुषा, झापा, सिराहा, महोत्तरी, नवलपरासी, सप्तरी, सर्लाही, सुनसरी, दाङ र धादिङ जिल्लाबाट धेरै युवा रोजगारीका लागि विदेश जान्छन् ।

महिला बढी विदेशिने जिल्लाहरुमा झापा, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट, नवलपरासी, रामेछाप, धादिङ, सिन्धुली, उदयपुर, कास्की रहेका छन् । विवाह नगरी विदेशिनु पर्ने अवस्था कतिपयको छ । विदेशको रोजगारीबाट धेरै परिवारको चुलो बलेको छ । धेरैका बाआमाले औषघि खान पाएका छन् ।

रेमिट्यान्स कति भित्रियो भनेर हिसाब राखिएको होला, तर बढ्दो सामाजिक लागतको हिसाव निकाल्न कठिन छ । विदेशमा घर धान्न खर्च जुटाउने दिदीबहिनीले बैंस मारेर बसेको तथ्याङ्क कसैसँग छैन होला ।

बाध्यतामा विदेशिएका महिलाको उमेर ढल्किदा पनि किन विहे हुँदैन ? यसको धेरै कारण मध्ये सामाजिक दृष्टिकोण पनि एक हो । नेपालबाट १८ देखि ३९ वर्षका युवा युवती विदेशिने गर्दछन । त्यो उमेरमा घरजम बेला हो । हाम्रो समाजमा जति पुरुषलाई विदेशबाट फर्केपछि घरजम र विहेवारी गर्न सजिलो छ । तर महिलाका लागि भने कठिन ।

एक पटक खाडीमा काम गरेर आएपछि महिलाहरु घरजम नगरी फेरि किन विदेश जान्छन ? उनीहरुलाई घरजाम गर्ने रहर हुँदैन ? त्यसको उत्तर खोज्ने हो भने सामाजिक हेराई नै प्रमुख कारण भेटिन्छ ।

खाडीबाट फर्केका महिलालाई हजारौं प्रश्न थोपर्ने समाजले पुरुषको चरित्र माथि प्रश्न उठाउँदैन्

जापान वा अमेरिकामा बस्ने नेपाली महिलाले सामाजिक सञ्जालमा फोटो र स्टाटस हाल्दा सकारात्मक कमेन्ट आउँछन् । तर त्यस्तै फोटो खाडीमा काम गर्ने महिलाले हालिन भने गाली गरिन्छ । उत्ताउली भनिन्छ । विदेशमा काम गरेर फर्केका पुरुषको चरित्र माथि कहिल्यै प्रश्न उठाइन्न । महिला माथि हजारौं प्रश्न ओइरिन्छ ।

तुलानात्मक रुपमा अन्य देशमा भन्दा खाडीमा धेरै समस्या छन । कति महिला दिदीबहिनी यौन शोषणमा पनि परेका छन । त्यसमा किन महिलालाई नै दोषी ठानिन्छ ? के पुरुष दाजुभाइ यौन र्दुव्यहारमा पर्दैन होला । त्यसको तथ्याङ्क कसैसँग छ ?

महिला मात्र ‘भर्जिन’ हुनुपर्ने, पुरुष चाहिँ नहुँदा हुने

खाडीमा गएर फर्केकी महिला माथि उसको चरित्रलाई दाँजेर हेर्ने समाजमा किन पुरुषको चरित्र माथि चाहिँ प्रश्न गर्न सक्दैन । यदि महिला विदेशमा अन्यसँग यौन सम्पर्क राख्न सक्छिन भने पुरुषले राख्दैनन् होला । महिला मात्र ‘भर्जिन’ हुनुपर्ने समाजमा पुरुषलाई चाहिँ किन किन छुट छ ।

आजसम्म विदेश गएर आएको पुरुषलाई छोरी सुम्पिदा उसले विदेशमा कतै अन्यसँग शारीरिक सम्बन्ध त राखेन भनेर सोच्नसम्म भ्याउँदैनन् । तर विदेश गएर फर्केकी महिला छन भने यत्रो वर्ष घर बाहिर बसेर आएकी कति जनासँग के के गरेर आइ भन्दै शंका गर्न भ्याइ हाल्छन् ।

विदेश जानु धेरैको रहर नभएर बाध्यता हो । दिनरात नभनी विदेशमा पसिना बगाउन पुगेकाले मोजमस्ती गर्न समय नै पाउँदैनन । दिनमा घण्टौं काम गर्ने नेपालीका रात निदाउन नपाउँदै उज्यालो हुन्छ । भोलिपल्ट दैनिकी दोहोरिन्छ ।

त्यसमा महिला दिदीबहिनीहरुलाई त झन कठिन छ । घरेलु कामदारको रुपमा साहुको बालबच्चा स्याहार्न पुगेका धेरैले निद्रा पुर्‍याएर सुत्न पाउँदैनन् । घरधन्दा नसकिँदै उज्यालो हुन्छ । बैंसलाई नियाल्न र कल्पनामा डुब्ने फुर्सद नै छैन कसरी मोज गर्दै हिड्नु ।

घर भन्दा पनि आग्लो आँगनको पर्खाल । अन्याय नै भएपनि कसैलाई गुहार माग्न सक्दैनन । घर बाहिर आफू खुसी निस्कनु भनेको मरुभूमीमा पानीको मुल फुटाउनु सरह हो । त्यतीका दुःख भोगेर घरजम गर्ने सपना बोकेर स्वदेश फिर्दा पनि खुसीको हाँसो हाँस्न पाएका छैनन महिलाहरुले ।

खाडीबाट फर्केका महिलाहरुलाई ४० कटेसी पनि रमाउने छुट छैन्

विदेशबाट फर्किंदा आँगन टेक्न नपाउँदै उसले लाएको पहिरन र बोलेको शब्दबाट टिकाटिप्पणी सुरु हुन्छ । त्यही आँगनमा जापान र अमेरिका गएर आएकी छोरीलाई गर्ने व्यवहार र खाडीबाट फर्केकी छिमेकीकी छोरीलाई हेर्ने हेराई फरक हुन्छ ।

विदेशमा रगतको आँशु रोएर फर्केका चेलीको उताको पिडा भन्दा स्वदेशको पिडा गहिरो रहेको छ । हेमन्त रानाले गाएको ‘सुन साईंली’ गीत हिजोआज सबैको मुखमा झुण्डिएको छ । तर यर्थाथमा अझै ४० वर्ष उमेर कटेका खाडीमा काम गर्ने दिदीबहिनीको रमाउने दिन आएका छैनन् ।

माया पिरती गाँस्ने र घरजम गर्ने साइत जुरेको छैन् । विदेशमा पाएको दुःख भन्दा पनि समाज र छिमेकीले गर्ने व्यवहार अनि चरित्रसँग जोडेर आउने प्रश्नबाट वाक्क भएर फेरि विदेशिने महिलाहरु धेरै छन ।

विदेशमा होस चाहे स्वदेशमा नै किन नहोस् ठूलो कुरा व्यक्तिको इमान्दारिता हो । स्वदेशमै पनि कुलतमा फसेका महिला पुरुष छन् । तर किन हरेक कुरा विदेशसँग नै दाँजेर हेरिन्छ ।

महिला पनि पुरुष सरह विदेश होस् वा स्वदेशमा, रोजगारीमा सहभागी हुनु भनेको त व्यक्ति र राज्यका लागि खुसीको कुरा हो ।

महिलाले कमाएको पैसाको हिसाब राख्ने राज्यले कहिले सामाजिक लागतको हिसाव राख्ला ?

आत्महत्या गर्न हिँडेकी महिलाकाे बाटाेमै बिवाह : त्यसपछि के भयाे ?….

एजेन्सी । एक युवती आत्महत्या गर्नका लागि घरबाट निस्किन्छिन् । बाटोमा उनले एक युवकलाई भेटेर आफ्नो उद्देश्य परिवर्तन गर्छिन् र तिनैसँग बिहे गर्छिन् । यस्तो घटना त प्रायः फिल्ममा देखिन्छ । तर यो वास्तविक जीवनमा भएको छ । भारतको बिहार राज्यको नवादा जिल्लाको शाहपुर गाउँमा यो घटना भएको हो ।

त्यहाँकी पिंकी नामक युवतीलाई उसका ससुरालीका मानिसले अत्याचार गर्ने गर्थे । दिनदिनै उनलाई कुटपिट गरेर उनीहरू उनलाई पागल घोषित गर्ने सूरमा थिए । पिंकीले दिनहुँको अत्याचार सहन नसकेर आत्महत्या गर्ने फैसला गरिन् र घरबाट निस्किन् । ट्रेनमुनि सुतेर मरिदिन्छु भनी उनले निश्चय गरिन् । तर बाटोमा उनले नजिकैको गाउँका अखिलेश माझीलाई भेटिन् ।

अखिलेशले पिंकीको हाउभाउ र कुराकानीबाट आत्महत्याको सुइँको पाएका थिए । त्यसपछि उनले पिंकीलाई खुबै सम्झाए र आफ्नो घर लगे । यता पिंकीका ससुराली र माइती दुवैले उनी हराएको खबर प्रहरीलाई लिए ।

केही दिनपछि पो थाहा भयो पिंकी त बकडझोली भन्ने ठाउँमा कसैसँग बसिरहेकी रहिछन् । उनी अखिलेशसँग बिहे गरेर बसेकी थिइन् । अखिलेशका पिता तथा पूरा परिवारले पिंकीलाई बुहारीका रूपमा स्वीकार गरेका रहेछन् ।

गाउँलेहरूका अनुसार अखिलेश र पिंकीले भेट भएको भोलिपल्टै गाउँको मन्दिरमा बिहे गरेका रहेछन् । दुवैको जात फरक भएपनि समाजमा कुरा नउठोस् भनेर बिहे गरेका रहेछन् । केही मानिसहरूले पिंकी र अखिलेशको फैसलाको प्रशंसा गरेका छन् र पिंकीले जिन्दगीमा अघि बढ्ने फैसला लिएर राम्रो गरिन् भनिरहेका छन् ।
Purbeli News

स्वेताले सुरु गरिन ‘माझी बस्ती’मा घर निर्माण, स्थानीयले गरे भव्य स्वागत

काठमाडौँ – नायिका स्वेता खड्का केही महिना अगाडि सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा उनको भव्य स्वागत गरिएको थियो । स्वेता फेरि सोमबार ‘माझी बस्ती’ पुगेकी छिन् । देशका चर्चित व्यक्तिहरुको साथमा स्वेता माझी बस्तीमा घर निर्माणको शिलन्यास गर्न पुगेकी थिईन |

‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा ५६ वटा घर निर्माण गर्न लागेको हो ।

बस्तीको शिलन्यास गर्न राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल माझी बस्ती पुगेका थिए |

स्थानिय बासिन्दाले उनि हरुलाई फुलमालाले स्वागत गरेका थिए । भूकम्पले घर भत्किएपछि निकै कष्टकर जीवन जिइरहेका माझी गाउँका बासिन्दालाई ‘स्वेता श्री’ फाउन्डेशनले सहयोग गर्न लागेको हो ।

स्थानिय बासिन्दालाई सरकारले दिने रकममा नपुगेको खण्डमा फाउन्डेशनले सहयोग गर्नेछ भने घर निर्माणमा व्यबस्थापनको जिम्मा समेत लिनेछ ।

तन्त्र मन्त्रबाट मुक्ति पाउन मंगलबारको दिन यसो गर्नुहोस्

एजेन्सी। यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ।

आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ। नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छ ।

एक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस। त्यसपछि उक्त नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् तर बिस्तारै । र नरिवललाई अन्य मन्दिरमा लगेर पुरै जलाई दिनुहोस।

कुनै मन्दिरहरुमा यज्ञ चलिरहेको छ भने त्यसमा लगेर जलाई दिन पनि सक्नु हुन्छ।

यसो कम्तिमा पनि ५ पटक प्रत्येक मंगलबार गर्नुहोस। यसो गरेमा तपाई तन्त्र मन्त्रबाट मुक्ति पाउन सक्नु हुन्छ ।

दुई पांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको कति कर बढ्यो?(सूचीसहित)

काठमाण्डौं । दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ।

दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४ मा बढाइएको थियो। २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो।

त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ। विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ। १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ।

त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ। तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ। आजको कारोबार दैनिकमा खबर छ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो?

१२५ सिसिसम्मको मोटरसाइकल- १० हजार
१२६देखि २५० सम्म-१२ हजार
२५१देखि ४०० सम्म-१५ हजार
४०१देखि माथि सबै-२० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो?

१२५सिसि सम्म-२५ सय
१२६-२५० सम्म- ४ हजार
२५१देखि ४०० सम्म- ८ हजार
४०१देखि माथिका सबै- १५ हजार